पब्लिक सन्देश
ढल्केवर, असार १६ गते ।
धनुषाको मिथिला नगरपालिकाले ७९ करोड ७८ लाख भन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाको १५ औँ नगरसभामा नगरप्रमुख महेन्द्र महतोले आगामी आर्थिक वर्ष २०८२र८३ को लागि ७९ करोड ७८ लाख ८ हजार ३३५ रुपैयाँको बजेट प्रस्तुत गरेका छन् ।
नगरसभामा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उक्त अनुमानित बजेट पेश गरिएको नगरप्रमुख महतोले बताए ।
नगरसभामा बजेट, नीति तथा कार्यक्रम नगरप्रमुख महतोको तर्फबाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार भण्डारीले वाचन गरेका थिए ।
नगरपालिकाले ६ दिन ढिलो बजेट ल्याएको हो ।








