पब्लिक सन्देश
गौशाला, भाद्र १८ गते ।
एकीकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा तथा खयरमारा इकाई भेला सम्पन्न भएको छ ।
मंगलवार बर्दिवास नगरपालिका वडा नंं. ११ का वडाध्यक्ष पूर्ण बहादुल बलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथि बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्का रहेको थियो ।
कार्यक्रममा एकीकृत बचत तथा सहरकारी संस्थाका अध्यक्ष उत्तम कुमार श्रेष्ठले सहकारीको पारदर्शिता, सहभागिता र सुशासनका आधारमा संस्थालाई अझ मजबुत बनाउन सदस्यहरूको निरन्तर सक्रियताको आवश्यकता औंल्याएका थिए ।
अध्यक्ष श्रेष्ठले पारदर्शिता, सहभागिता र सुशासन भन्ने नाराका साथ छैठौं वार्षिक साधारणसभा आयोजना गरिएको बताउँदै सहकारी सदस्यकै विश्वास, सक्रियता र सहकार्यले मजबुत बन्न सफल भएको बताए ।
कार्यक्रममा विगतमा भए गरेका कार्यको समिक्षा गर्दै आगामी वर्षका चुनौती र अवसरलाई सम्बोधन गर्ने बाटो तय गर्ने विश्वास रहेका समेत बताए ।
अध्यक्ष श्रेष्ठले सहकारीलाई समुदायमै नमूना सहकारीको रूपमा स्थापित गर्न सबै सदस्यको निरन्तर साथ, समर्थन र सहभागिता आवश्यक रहेको बताउँदै सहकारीको मूल मन्त्रलाई आत्मसात गर्दै संस्थाले स्थानीय स्तरमा विश्वासिलो सहकारीका रूपमा स्थापित हुँदै गएको बताए ।
कार्यक्रममा विगत वर्षको प्रतिवेदन प्रस्तुत हुनुका साथै आगामी वर्षका योजनाहरू पनि सार्वजनिक गरिएको थियो ।






