मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी, पुस ८ गते ।

स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको घरदैलोमै पु¥याउने उद्देश्यले मटिहानी नगरपालिकाले आजदेखि एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरेको छ ।

नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले पालिका र वडाबाट प्रवाह हुने सेवाहरूलाई एकीकृत रूपमा जनतासमक्ष पु¥याउने उद्देश्यले शिविर आयोजना गरिएको बताए । उनले शिविरबाट स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरियो ।

आज वडा नं.१ सिर्सियाबाट प्रारम्भ गरिएको शिविर क्रमशः सबै वडाहरूमा सञ्चालन गरिने जनाइएको छ । शिविरमा योजनासम्बन्धी अभिमुखीकरण तथा योजना सम्झौता, व्यवसाय दर्ता तथा नवीकरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्रका लागि दरखास्त सङ्कलनलगायतका सेवा प्रदान गरिएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको