एक फर्मलाई जरिवाना अर्कोलाई ताकेता

काठमाडौँ, फागुन ६ गते ।

बजार अनुमगनलाई तीव्र पार्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले एक फर्मलाई नगद जरिवाना गरेको छ । स्थललगत अनुमगनका क्रममा कैफिय देखिएपछि काठमाडौँ महानगरपालिका ११ ट्रमा सेन्टरको सुनिल क्यान्टिनलाई रु पाँच हजार जरिवाना गरेको छ ।

यस्तै, विभागले हेल्दी बाइट्म सर्भिसेज प्रालि चाबहिललाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र उपस्थित हुन भनेको छ । विभागले थप ११ फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ ।

स्थानीय सरोकारवाला, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाहरुको उपस्थितीमा विभागले नियमित रुपमा बजार अनुमगन गरेर कानुन कार्यान्वयन गराउँदै आएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको