सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

काठमाडौँ, चैत ३ गते ।

स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा चार सय र चाँदी ७० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख नौ हजार ९०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ३३५ निर्धारण भएको छ ।

हिजो सोमवार छापावाल सुनको मोल प्रतितोला तीन लाख नौ हजार ५०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार २६५ निर्धारण भएको थियो । गत आइतवार एक तोला सुन तीन लाख नौ हजार ४०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २७० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ३० र त्यति नै परिमाणको सेतो धातु ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको