बजार बन्दको निर्णय स्वीकार्य छैन: चेम्बर अफ कमस

गौशाला, वैशाख २९ गते ।

बर्दिवास उद्योग वाणिज्य संघले बजार बन्द गर्ने निर्णयलाई अस्वीकार गर्दै व्यवसायीहरूलाई आफ्नो व्यवसाय नियमित रूपमा सञ्चालन गर्न महत्तरी चेम्बर अफ कमर्सले आग्रह गरेको छ ।
मंगलवार विज्ञप्ति जारी गर्दै चेम्बर अफ कमर्सले व्यवसायी तथा सर्वसाधारणलाई व्यापार–व्यवसाय अनावश्यक रूपमा बन्द नगर्न आग्रह गरेको छ ।

चेम्बर अफ कमर्सको कार्यसमिति बैठकले बर्दिवास नगरपालिका क्षेत्रभित्र बर्दिवास उद्योग वाणिज्य संघले प्रत्येक महिनाको दोस्रो तथा अन्तिम मंगलवार बजार बन्द गर्ने निर्णय स्वीकार गर्न नसक्ने जनाएको छ ।

विज्ञप्तीमा नेपालको संविधानले प्रत्येक नागरिकलाई पेशा, रोजगार, व्यवसाय तथा व्यापार संचालन गर्ने मौलिक हक प्रदान गरेको छ । संविधानको धारा १७ अनुसार कानून बमोजिम दर्ता भई संचालनमा रहेको व्यवसायलाई कुनै संघ, संस्था वा समूहले दवाव, धम्की वा जबरजस्ती बन्द गराउन मिल्दैन भन्ने स्पष्ट व्यवस्था रहेको जनाएको छ ।

बजार बन्द गराउने वा व्यवसायमा अवरोध सिर्जना गर्ने अधिकार केवल नेपाल सरकार तथा सम्बन्धित प्रशासनिक निकायलाई मात्र कानूनबमोमिज प्राप्त रहेको समेत विज्ञप्तीमा उल्लेख छ ।

चेम्बर अफ कमर्सका महासचिव जसपाल सिंहद्वारा हस्ताक्षरित विज्ञप्तीमा चेम्बर अफ कमर्स जिल्ला स्तरको आधाकारिकव्यवसायिक संस्था भएको हुँदा अगामीदिनमा व्यवसायिक क्षेत्रसँग सम्बन्धित कुनै पनि निर्णय, कार्यक्रम वा गतिविधि संचालनगर्दा आवश्यक समन्वयतथा सहकार्य पश्चात मात्र कार्यान्वयन गर्न पनि अनुरोध गरेको छ ।

चेम्बरले सबै व्यवसायी, व्यापारी तथा उद्योगीलाई आफ्नो व्यवसाय नियमित रूपमा सञ्चालन गर्न आग्रह गर्दै बजार बन्दको भ्रममा नपरिदिन अपिल गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको