‘लालीबजार’ लाई मुद्दा हाल्ने रोशनी वादी प्रहरी नियन्त्रणमा

काठमाडौँ, वैशाख ३० गते ।

प्रहरीले वादी अभियन्ता डा. रोशनी वादीलाई नियन्त्रणमा लिएको छ ।

आज सर्वोच्च अदालतको इजलासमा हुलहुज्जत गर्न खोजेपछि वादी अभियन्ता डा रोशनी वादीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले राससलाई जानकारी दिए ।

उनले भने, “इजलासमा हुलहुज्जत गर्न खोजेपछि उनी लाई नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।”

सर्वोच्च अदालतमा आज फिल्म ‘लालीबजार’को मुद्दामा सुनुवाइ भएको छ । उक्त फिल्मको प्रदर्शन रोक्न माग गर्दै डा रोशनीले सर्वोच्चमा रिट दायर गरिएको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको