कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

काठमाडौँ, वैशाख ३० गते ।

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ ।

पार्टी सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति आज पुनर्गठन गरिएको हो ।

पुनर्गठन गरिएको समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरुङ र सदस्यमा केन्द्रीय सदस्यहरु धना खतिवडा, रमेशप्रसाद धमला र बजरङ्ग नेपाली रहेको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको