सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता

काठमाडौँ, वैशाख ३१ गते ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन नासु बलीरामप्रसाद कुर्मीको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको छ ।

आयोगले हुलाक बचत बैंक बारामा बचतकर्ताको रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा रु पाँच करोड ३५ लाख ६४ लाख २७९ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । सो मुद्दामा विशेष अदालतले विसं २०८२ माघ २२ गतेको फैसलाबाट आंशिक सफाइ दिएको थियो ।

उक्त फैसलाविरुद्ध चित्त नबुझेको भन्दै आयोगले आज सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको