सिरहामा बेवारिसे अवस्थामा तीन क्वीन्टल गाँजा फेला

काठमाडौं, जेठ ३ गते ।

प्रहरीले सिरहामा बेवारिसे अवस्थामा झन्डै तीन क्वीन्टल गाँजा फेला पारेको छ ।

सिरहा प्रहरीका अनुसार शनिबार राति सिरहाको कर्जन्हा नगरपालिका कार्यालयदेखि ३०० मिटर दूरीमा एक झाडीमा ११ वटा बोराभित्र गाँजा फेला परेको हो ।

उक्त गाँजा तौलेर हेर्दा २७६ किलोग्राम रहेको प्रहरी नायब उपरीक्षक(डीएसपी) रमेशबहादुर पालले जानकारी दिएका छन् ।

उक्त गाँजा नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको