मटिहानी नगरपालिकाको १७औं नगरसभा आज

पब्लिक सन्देश
गौशाला, असार ३ गते ।

महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको १७औं नगरसभा आज मटिहानीमा हुँदैछ।

सभामा नगर प्रमुख हरि प्रसाद मण्डलले पालिकाको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

बुधवार मधेश प्रदेश सभाका सभामुख राम अशिष यादवले एक कार्यक्रम बीच समुद्घाटन गर्ने कार्यक्रम रहेको मटिहानी नगरपालिका कार्यालयले जनाएको छ ।

यता, सभाको सम्पूर्ण तयारी पुरा भएको मटिहानी नगरपालिकाका प्रमुख प्रशासकी अधिकृत अर्जुन कुमार मण्डलले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको