कोशी ब्यारेजका ४३ ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह

सुनसरी, १० गते ।

लगातारको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन्।

शनिबार बिहान ६ बजेको मापन अनुसार कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख १६ हजार ७ सय ९५ क्युसेक पुगेको छ। जलसतह निरन्तर उकालो लागेपछि जोखिम व्यवस्थापनका लागि ब्यारेजका ढोकाहरू क्रमशस् थपिँदै लगिएको हो।

यसअघि शुक्रबार बिहान १० बजे १ लाख ९८ हजार २ सय २० क्युसेक बहाव हुँदा २५ वटा ढोका खोलिएका थिए। बहाव बढ्दै जाँदा दिउँसो १ बजे ९२ लाख २९ हजार ९ सय ६० क्युसेक० ३० वटा र दिउँसो २ बजे ९२ लाख ४० हजार ५ सय ५५ क्युसेक० ३१ वटा ढोका खोलिएको थियो।

नदीमा जलसतहले खतराको तह पार गरेपछि ब्यारेजको पश्चिमतर्फ रातो बत्ती बालेर जोखिमको सङ्केत गरिएको छ। जलभण्डार र बहाव अझै बढ्ने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालयले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

साथै, बाढीको जोखिमका बीच कोशी नदीमा माछा मार्ने, काठ(दाउरा सङ्कलन गर्ने वा जोखिमपूर्ण स्थानमा नजान कडा अनुरोध गरिएको छ। न्यूजकारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको