प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, असार ३ गते ।

प्रधान सेनापति अशोकराज सिग्देलले मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथीमा पदोन्नति भएका भुवनपूर्ण सत्याल, मानार्थ उपरथीमा पदोन्नति भएका रोशनशमशेर राणा र मानार्थ सहायक रथीमा पदोन्नति भएका उमेश कार्कीलाई आज दर्ज्यानी चिह्न प्रदान गर्नुभयो ।

जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उहाँहरुलाई दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यस अवसरमा नेपाली सेनाका रथीवृन्द, अधिकृत लगायत पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको