राजा झा
जनकपुरधाम, असार ३ गते ।
मधेस प्रदेश सरकारले वर्षे धानलाई लक्ष्य गर्दै स्थानीय तहमा युरिया र डिएपी मल बाँडफाँड गरिएको छ। जेठ २७ गतेको निर्णयानुसार ७ हजार ३२८ मेट्रिक टन युरिया र ६ हजार ६१० मेट्रिक टन डिएपी मल बाँडफाँड गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।
मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेडतर्फको युरिया र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडतर्फको डिएपी मल मधेस प्रदेशमा रहेको १३६ वटै स्थानीय तहहरुमा बाँडफाँड गरेको हो। मन्त्रालयले सप्तरीको १८ वटा स्थानीय तहका लागि ९७५ मेट्रिक टन युरिया र १ हजार ३५ मेट्रिक टन डिएपी मल बाँडफाँड गरेको हो।
यस्तै, सिरहामा रहेको स्थानीय तहका लागि १ हजार ७२ मेट्रिक टन युरिया र १ हजार १३७ मेट्रिक टन डिएपी मल बाँडफाँड गरेको हो। धनुषामा रहेको स्थानीय तहका लागि ९२६ मेट्रिक टन युरिया र ७७८ मेट्रिक टन डिएपी मल बाँडफाँड गरेको हो।
महोत्तरीमा रहेको स्थानीय तहहरुका लागि ८८० मेट्रिक टन युरिया र ७४० मेट्रिक टन डिएपी मल वितरण गरेको हो। सर्लाहीमा रहेको स्थानीय तहका लागि १ हजार ९३ मेट्रिक टन युरिया र ९१९ मेट्रिक टन डिएपी मल बाँडफाँड गरेको हो।
यस्तै, रौतहटको स्थानीय तहका लागि ८७५ मेट्रिक टन युरिया र ७३६ मेट्रिक टन डिएपी मल वितरण गरिएको हो। बारामा रहेको स्थानीय तहका लागि ८१९ मेट्रिक टन युरिया र ६८९ मेट्रिक टन डिएपी मल बाँडफाँड गरिएको हो।
पर्सामा रहेको स्थानीय तहका लागि मन्त्रालयले ६८७ मेट्रिक टन युरिया र ५७८ मेट्रिक टन डिएपी मल बाँडफाँड गरेको हो।








