सीमाको विषयमा ब्रिटिसलाई मध्यस्तकर्ता बनाउन खोजेका होइनौं : प्रधानमन्त्री

काठमाडौं, असार ७ गते ।

प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा आफैँले नेपालले भारतले सीमा मिचेको विषयमा बोलेकोबारे आज चितवन पुगेर थप स्पष्टीकरण दिएका छन् । आइतबार रास्वपाको पहिलो महाधिवेशन उद्घाटतन समारोहलाई सम्बोधन गर्दै उनले यसबारे स्पष्टीकरण दिएका हुन् ।

संसद्‌मा उनले भारतसँगको सीमा विवादबारे ब्रिटिससँग पनि कुरा गर्न तयार रहेको बताएका थिए । यसबारे दुई देशको सीमा विवादबारे तेस्रो देशको उपस्थित किन चाहियो भनेर प्रश्न उठेको थियो । उनले यसबारे भने, ‘हामीसँग कालापानी लिपुलेकको प्रमाण छ । हामीले पहिले ब्रिटिसले राज गर्दाको प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौं भनेका हौं । हामीले ब्रिटिसलाई मध्यस्त बनाउन खोजेका हैनौं ।’

उनले छिमेकीहरूसँग प्रमाणका आधारमा कुरा गरेर सीमा समस्या हल गर्ने पनि बताए । ‘हामी हाम्रा छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौं । हामीसँग प्रमाण छ, ‘ उनले भने,’मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका मान्नुपर्दैन ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको