कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन

विराटनगर, असार १८ गते ।

कोशी प्रदेशसभाको आज दिउँसो १ः०० बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको छ ।

प्रदेशसभाको नवौँ अधिवेशनको १६औँ बैठक असार ११, असार १६ र आज पनि तोकिएको समय बस्न नसकेपछि कोशी प्रदेश सरकारको अनुरोधमा असार १९ गते शुक्रबार दिउँसो १ः०० बस्ने समय तोकिएको प्रदेशसभाका सचिव सुदर्शन खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुख अम्बरबहादुर विष्टले अर्को बैठक शुक्रबार १ः०० बजे बस्नेगरी समय निर्धारण गर्नुभएको हो ।

आजको बैठकको कार्यसूचीमा ‘आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ अन्तर्गत सबै मन्त्रालयका विभिन्न शीर्षकमाथिे समूहीकृत रूपमा छलफल हुने उल्लेख थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको