दक्षिण एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णसहित ३ पदक

काठमाडौँ, असार १९ गते ।

नेपालले १६औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्णसहित तीन पदक प्राप्त गरेको छ ।

भुटानको थिम्पुमा जारी प्रतियोगितामा एक स्वर्ण, एक रजत र एक कास्य पदक प्राप्त गरेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासङ्घका सचिव दिनेशकुमार राजभण्डारीले जानकारी दिए । पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमुनि आकाश श्रेष्ठले नेपाललाई स्वर्ण दिलाए ।

त्यसैगरी महिला एथलेटिक फिजिकमा सीता खत्रीले रजत जितिन् । पुरुष स्पोर्ट्स फिजिक १७० सेन्टीमिटरमाथि पुकार शाक्यले कास्य पदक हात पारे । तीनै खेलाडीको यो पहिलो अन्तरराष्ट्रिय प्रतियोगिता हो । दक्षिण एसियाली शारीरिक सुगठनको पहिलो संस्करणदेखि नै नेपाल सहभागी हुँदै आएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको