केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं, असार २८ गते ।

आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभागले जनाएको छ ।

महाशाखाका अनुसार देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ ।

पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षासँगै हिमपातको पनि सम्भावना छ।

मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू–भागका धेरै स्थानमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेश तराई भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको पहाडी र तराई भू(भागको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको