बलात्कार आरोपितलाई थुनामा राख्ने जिल्लाको आदेश उच्चबाट बदर

जनकपुरधाम, असोज ६ गते ।

उच्च अदालत जनकपुरले बलात्कारको मुद्दा चलेका एक आरोपितलाई थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई उल्ट्याइदिएको छ ।

उच्च अदालत जनकपुरका कामु मुख्यन्यायाधीश टेकनारायण कुवँर र न्यायाधीश हिमलाल बेल्बासेको इजलासले जिल्ला अदालत महोत्तरीको आदेश उल्ट्याएर २० हजार धरौटीमा छाड्न आदेश दिएको हो ।

जिल्ला अदालत महोत्तरीले थुनामा पठाएका बर्दिबास नगरपालिका २ का रिसाललाई उच्च अदालत जनकपुरले धरौटीमा छाडेको हो ।

गत ९ वैशाखमा आफू घरमा बसेका बेला बलात्कार भएको भनी ३६ वर्षियाा महिलाले रिसाल विरुद्ध जाहेरी दिएकी थिइन् । ५ भदौमा महोत्तरी जिल्ला अदालतले अच्युतम प्रसाद रिसाललाई थुनामा पठाउन आदेश गरेको थियो ।

जिल्ला अदालतको आदेश विरुद्ध रिसाल उच्च अदालत जनकपुर गएका थिए । त्यही निवेदनमाथिको सुनुवाइपछि उच्च अदालतले थुनाको साटो धरौटीमा छाड्न आदेश दिएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको