बढुवा भएका सैनिक अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं, असोज ६ गते ।

बढुवा भएका सैनिक अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

३१ भदौमा सहायक रथीबाट उपरथीमा बढुवा भएका सोवेन्द्र सिंह महत र प्रकाश थापालाई प्रधानसेनाति अशोकराज सिग्देलले सैनिक मुख्यालय जंगी अड्डामा दर्ज्यानी चिह्न प्रदान गरे ।

त्यस्तै महासेनानीबाट सहायक रथीमा बढुवा भएका मदन जंग राणा र प्राविधिक महासेनानीबाट सहायक रथीमा बढुवा भएका भरतलाल श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको