सुनको मूल्य प्रतितोला रु तीन हजार १०० ले घट्यो

काठमाडौँ, साउन १ गते । 
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु तीन हजार १०० ले घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु १२५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार १०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार २०० कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ३२५ कायम थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको