गाडी दुर्घटना हुँदा १९ जना घाइते

काठमाडौं, साउन ६ गते ।

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

सपम्ताबाट गुमीतर्फ आउँदै गरेको क.प्र. ०२००१ ख ०४९० नंम्बरको फोर्स गाडी पौने १२ बजे गुर्भाकोट नगरपालिका–१३ सेराघारीमा दुर्घटना भएको हो ।

घाइतेहरुको उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । केहीको मेहेलकुना अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई सदरमुकाम वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल र अन्य अस्पतालमा पठाइएको छ ।

गाडीका चालकलाई प्रहरी चौकी गुमीले नियन्त्रणमामा लिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको