अवरुद्ध कालीगण्डकी करिडोर ८ दिनपछि सञ्चालनमा

गण्डकी, साउन ९ गते ।

पहिराका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ दिनपछि यातायात सेवा सञ्चालन भएको छ।

बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीको चौरीखोला पुल नजिकै सडक माथिबाट खसेको पहिराका कारण यही साउन १ गतेदेखि करिडोर अवरूद्ध भएको थियो।

दुई वटा लोडर र एउटा स्काभेटर प्रयोग गरेर पहिरो पन्छाएपछि शुक्रबारदेखि खडक एकतर्फी रूपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय, बागलुङका प्रमुख हरि सुवेदीले जानकारी दिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको