काम गर्दा बाधा हुने कानुन तत्काल संशोधन गरिन्छ : मन्त्री सोविता

काठमाडौं, साउन ११ गते ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले मुलुकको विकास र समृद्धिको आधारशिला तयार गर्न कानुन सुधार वर्ष घोषणा गरिएको बताएकी छन् ।

सोमबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री गौतमले विकास र समृद्धिका लागि नेतृत्वको इच्छाशक्ति वा असल सोच मात्र पर्याप्त नहुने र त्यसका लागि सही कानुनी वातावरण आवश्यक भएकाले यस वर्षलाई ’कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा गरिएको बताएकी हुन्।

उनले काम गर्दै जाँदा कुनै कानुन वा नियम विकासको बाधक बनेको महसुस हुनेबित्तिकै त्यसलाई संशोधन प्रक्रियामा लगेर तुरुन्तै संसद्मा पेस गर्ने योजना रहेको उल्लेख गरिन्।

पूर्व नेतृत्व वा अग्रजहरूको कार्यशैलीप्रति कुनै आलोचना नरहेको भन्दै मन्त्री गौतमले उनीहरूले आफ्नो क्षमता र इमानदारीपूर्वक काम गरेको कुरालाई स्वीकार गरिएको स्पष्ट पारिन्।

उनले अहिलेको मुख्य समस्या नेपाली जनताले खोजेको र चाहेको गतिमा विकास तथा समृद्धि हासिल हुन नसक्नु भएको बताइन्।

जनतालाई छिटो नतिजा चाहिएकाले कानुनी अड्चनहरूलाई समाधान गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको