भरतपुर बाइपास सडक विस्तारको ठेक्का तोडियो

चितवन, साउन १२ गते ।

सडक डिभिजन कार्यालय भरतपुरले ‘भरतपुर बाइपास रोड’ विस्तारको ठेक्का तोडेको छ ।

सडक डिभिजन कार्यालय भरतपुरले सार्वजनिक सूचना जारी गर्दै सो जानकारी दिएको हो । बाइपास रोड बिस्तारको ठेक्का गौरी पार्वती निर्माण सेवा काठमाडौंले पाएको थियो ।

पटक पटक म्याद थप र ताकेता गर्दा पनि सो कम्पनीको काम सन्तोषजनक नभएपछि सडक डिभिजन कार्यालयले अन्तिमपटक २०८२ साल कात्तिक ११ गते ‘ठेक्का अन्त्य किन नगर्ने ?’ भन्दै सातदिने स्पष्टीकरण सोधेको थियो ।

तर सो अवधिभित्र पनि सन्तोषजनक जवाफ नपाएपछि यही २०८३ साल साउन ४ गते ठेक्का तोड्ने निर्णय भएको थियो । त्यसको जानकारी कार्यालयले आज गोरखापत्र दैनिकमा सार्वजनिक सूचना निकालेर दिएको हो ।

सम्बन्धित कम्पनीलाई पटक–पटक जानकारी गराउँदा पनि तोकिएको समयभित्र काम पूरा नभएकाले सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ ९७० समेतको आधारमा ठेक्का तोडिएको सूचनामा उल्लेख छ ।

कार्यालयले कानुनी व्यवस्था पालना गर्दै आगामी प्रक्रिया अगाडि बढाइने समेत स्पष्ट पारेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको