एक लाख २० हजार क्याप्सुल लागुऔषधसहित ३ जना पक्राउ

काठमाडौं, साउन १३ गते ।

ससश्त्र प्रहरीले काठमाडौं महानगरपालिका–१४ गाङखेलबाट ठूलो परिमाणको लागुऔषधसहित तीनजनालाई पक्राउ रेको छ ।

भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बारा जिल्ला कलैया ५ घर भएका २१ वर्षीय नौसाद अन्सारी र ओखलढुङ्गाको मानेभञ्ज्याङ–५ घर भई हाल ललितपुर महालक्ष्मी थान–६ बस्ने २४ वर्षीय दिपक राई पक्राउ परेका हुन् ।

भारतबाट ल्याएर नेपालमा लागुऔषध बेचबिखन गरिरहेको सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले मंगलबार उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएकाहरूका साथबाट डामाडोल नामको लागुऔषध एक लाख २० हजार क्याप्सुल, टाटा कम्पनी को बीएसी ७०१७ नम्बरको हात्ती गाडी, बागमती प्रदेश ०२–०६५प ४४८९ नम्बरको मोटरसाइकल, मोबाइल ३ थान र नेपाली रूपैयाँसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका तीनै जनालाई बरामद सामानसहित कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्रका सह(प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको