डिभिजन सडक कार्यालयका इन्जिनियर दम्पतीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, साउन १३ गते ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्रकुमार चौधरी र उनकी श्रीमती अर्पणाकुमारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आयोगले शैलेन्द्र विरुद्ध २ करोड २६ लाख १३ हजार १३३ रुपैयाँ ३६ पैसाको अवैध सम्पती आर्जन गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले शैलेन्द्रकी श्रीमतीका नाममा खरिद गरिएका तथा कायम गरिएका सम्पतीहरू जफत गर्न भनेको छ ।

चौधरीले सार्वजनिक सेवामा रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट पुष्टि भएको आयोगले दाबी छ । उनले वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाइछिपाइ झुटा विवरणसमेत पेश गरेको आरोप आयोगले लगाएको छ ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) र (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम चौधरीलाई कैद, बिगोबमोजिम जरिवाना तथा गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न मागदाबी गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको