कपिल कोइराला
काभ्रेपलाञ्चोक, साउन १३ गते ।
पाँचखाल नगरपालिका–८ खटारमा जंगली च्याउ खाँदा एक दम्पती बेहोस भएका छन् । बेहोस हुनेमा स्थानीइ ४९ वर्षीय बलबहादुर दनुवार र उनकी ५१ वर्षीय पत्नी बेली दनुवार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रवीन विष्टका अनुसार बुधबार दिउँसो उनीहरूले आफ्नै घरमा जंगली च्याउ खाएका थिए । च्याउ खाएपछि अस्वस्थ भएका उनीहरूलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो ।
दुवै जना बेहोस अवस्थामा रहेको प्रहरीले जनाएको छ ।






