काठमाडौं, साउन १४ गते ।
मधेशका सबै जिल्लामा सरकारी सवारी साधन सञ्चालनमा कडाइ गरिएको छ ।
हाल जारी तनावका बीच सुरक्षा संवेदनशीललाई ध्यानमा राखेर अत्यावश्यक सरकारी कामबाहेक अन्य प्रयोजनमा प्रयोग नगर्न मधेशको गृहमन्त्रालयले सबै सरकारी कार्यालयलाई पत्राचार गरेको हो ।
‘‘कार्यालय प्रयोजनका लागि उपलब्ध सरकारी सवारी साधनहरूकोफ हालको सुरक्षा संवेदनशफीलतालाई दृष्टिगत गरी अत्यावश्यक सरकारी कामबाहेक अन्य प्रयोजनमा प्रयोग नगर्नरनगराउन तथा सवारी साधनको सुरक्षित व्यवस्थापन गराउन आदलेशानुसार अनुरोध छ,’ गृह, सञ्चार तथा कानुन मन्त्रालयका अधिकृत राधेशंकर प्रसाद पन्तले जारी गरेको पत्रमा उल्लेख छ ।






