काठमाडौं, साउन १४ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले मधेश र कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने रास्वपा सांसदसँग बैठक बोलाएका छन् ।
अहिले पौने ५ बजेबाट सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदलाई बैठकमा बोलाएका हुन् । सुनसरी र मधेश क्षेत्रमा फैलिएको समस्याबारे छलफल गर्न उनले यो बैठक डाँकेको बताइएको छ ।
उनले सबै सांसदलाई अनिवार्य उपस्थितिका लागि ‘विशेष निर्देश’सहित सर्कुलर गरेर बैठक डाँकेका छन् । जसमा सांसदहरूलाई विशेष निर्देश, मार्गदर्शन र अपील गर्ने रास्वपा संसदीय दलले जनाएको छ ।






