बालबालिकालाई अत्यावश्यक बाहेक बाहिर जान नदिन मधेश सरकारको अपिल

जनकपुरधाम, साउन १५ गते ।

मधेश सरकारले आफ्ना बालबालिकालाई अत्यावश्यक कामबाहेक घरबाहिर नपठाउन सार्वजनिक अपिल गरेको छ ।

हाल मधेशका केही स्थानमा देखिएको साम्प्रदायिक तनाव तथा हिंसात्मक घटनाका क्रममा सडक प्रदर्शन, जुलुस, भीडमा बालबालिका तथा युवाहरूको संलग्नता बढेको मधेश सरकारले चिन्ता व्यक्त गरेको छ ।

मधेश सरकारको गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले अपिल जारी गर्दै अभिभावकको एउटा निर्णयले सन्तानको भविष्य सुरक्षित हुन सक्ने बताएकी छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको