काठमाडौं, साउन १५ ग
जिल्ला प्रशासन कार्यालय पर्साले वीरते ।गञ्जमा पुनः निषेधाज्ञा जारी गरेको छ ।
शुक्रबार साँझ ५ बजेदेखि भोलि शनिबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
प्रशासनले वीरगञ्ज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकाराचार्य गेटमा पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको हो ।
यसअघि बिहीबार पनि प्रशासनले रातिको समयमा निषेधाज्ञा जारी गरेको थियो ।
सुनसरी घटनालाई लिएर वीरगञ्जमा पनि प्रदर्शन चर्किन थालेपछि प्रशासनले बिहीबारदेखि रातिको समयमा निषेधाज्ञा लगाउँदै आएको छ ।






