बाढीमा प्रभावित भएका ८८ जनाको सेनाले गर्‍यो उद्धार

काठमाडौं, भदौ १० गते ।

रसुवा बाढीमा प्रभावित भएका ८८ जनाको हवाई साधनमार्फत उद्धार भएको छ ।

बाढी प्रभावित विभिन्न ठाउँहरुबाट ८८ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ । यो दिउँसो ३ः५५ बजेसम्मको तथ्यांक हो । उद्धारको काम जारी रहेकाले यो संख्या बढ्दै जाने बताइएको छ ।

उद्धारका लागि सबै सुरक्षा निकाय परिचालन भएका छन् । भने सेना तथा निजी कम्पनीको हेलिकप्टरमार्फत पनि उद्धारको काम भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको