रसुवा बाढीमा ४६९ जनाको शव फेला

काठमाडौं, भाद्र १२ गते ।

रसुवा बाढीमा परेकामध्ये ४६९ जनाको शव फेला परेको छ ।

शुक्रबार बिहान ७ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ८ वटा जिल्लामा गरेर ४६९ जनाको शव फेला परेको हो ।

प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, चितवनमा १७८, गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ ।

विपद्मा परी ७३ जना घाइते भएका छन्, जसमध्ये रसुवामा मात्रै ४३ जना घाइते छन्। हालसम्म ३,२५३ जनाको जीवितै उद्धार गरिएको मन्त्रालयले जनाएको छ।

झन्डै एक हजार सम्पर्कविहीन
सम्पर्कविहीन रहेका ९७७ जनामध्ये विदेशी नागरिक र सुरक्षाकर्मीको सङ्ख्या पनि उल्लेख्य छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको