काठमाडौँ, भाद्र १२ गते ।
पृथ्वी राजमार्ग आज बेलुकादेखि सञ्चालनमा आउने भएको छ । गल्छी–बैरेनी खण्डमा हिजो बेलुकी यातायात सञ्चालनमा आएको छ ।
मलेखुपट्टि पोखरी, बाङ्गे र गलौदीमा ७ सय मिटर लेदो हटाउने काम सुरु भएकोले आजै बेलुकासम्म राजमार्ग सञ्चालनमा आउने प्रहरीले जानकारी दिएको हो ।
रसुवा बाढीको कारण गत भदौ १० देखि यो राजमार्ग अवरुद्ध रहँदै आएको छ ।






