काठमाडौं, भाद्र १२ गते ।
नेपालले दुई छिमेकी भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग गरेको छ । भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीले ठूलो संख्यामा पुलहरू भत्काएपछि सरकारले भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग गरेको हो ।
“हामीले चीन र भारतसँग तत्काल नभई नहुने ४२ वटा बेलिब्रिज मागेका छौँ । हामीले जति सक्नुहुन्छ त्यतिवटा उपलब्ध गराउनोस् भनेका छौँ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।
भदौ १० गते अचानक आएको बाढीले रसुवा, नुवाकोट र धादिङमा ४१ वटामा पुल पूर्ण रूपमा क्षति गरेको छ । पुलहरू बगाउँदा सडक सम्पर्क टुटेका छन् ।
“पक्की पुल बनाउन समय लाग्छ । त्यसैले अहिले तत्कालको लागि बेलिब्रिज आवश्यक परेको हो,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।
बेलिब्रिजको अलवा शवहरू राख्ने एक हजारभन्दा बढी झोलाहरू पनि माग गरिएको स्रोतले जनायो ।






