बाढी प्रभावितका लागि विराट ग्रुपको ७२ लाख सहयोग

विराटनगर, भदौ १९ गते ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनस्थापनका लागि विराट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख रुपैयाँ सहयोग गरेको छ ।

विराटनगर मेडिकल कलेज, विराटनगर शिक्षण अस्पताल, विराट नर्सिङहोमलगायत संस्था सञ्चालन गरिरहेको
विराट ग्रुपले उक्त रकम सहयोग गरेको हो ।

ग्रुपका अनुसार कर्मचारीको एक दिनको तलबबाट संकलित ४७ लाख ५० हजार रुपैयाँ र ग्रुपका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्र मानसिंह कार्कीले व्यक्तिगत रूपमा दिएको २४ लाख ५० हजार रुपैयाँ गरी ७२ लाख रुपैयाँ कोषमा जम्मा गरिएको विराट मेडिकल कलेज टिचिङ हस्पिटलका प्रशासन प्रमुख प्रमेशराज देवकोटाले जानकारी दिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको