एक प्लास्टिक गोदाममा आगलागी

काठमाडौं, असोज ५ गते ।

काठमाडौंको टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिक आगलागी भएको छ ।

काठमाडौं महानगरपालिका–१२, टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिक रहेको एक प्लास्टिक गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, अहिले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ ।

दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको