एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं, असोज ६ गते ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

ललितपुरस्थित रामबाग महल, भनिमण्डलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखिरहेका छन् । केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि ३ मिनेट समय छुट्याइएको छ । केन्द्रीय सदस्यहरूले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे पनि धारणा राख्नेछन् ।

सोमबारदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले कुनै हालतमा पार्टीको नेतृत्व नछोड्ने आसयसहितको राजनीतिक प्रतिवेदन पार्टीको केन्द्रीय कमिटी बैठकमा पेस गरेका थिए ।

पार्टी पनुर्गठनको बहस र मुद्दालाई नै आफ्नो तर्कद्वारा पुष्टि गर्ने कोसिस गर्दै उनले यसलाई लहडको विषयम नबनाउन चेतावनी दिएका थिए ।

पार्टी कस्तो अवस्थामा छ भन्ने ख्याल नगरी नेतृत्व विस्थापन गर्ने कार्य पुनर्गठन नहुने उनको तर्क छ ।

बैठक बुधबारसम्म चल्ने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको