प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड जम्मा

काठमाडौं, असोज ८ गते ।

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हाल साढे १५ अर्ब रुपैयाँ मौज्दात रहेको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको कोषमा कुल १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९२६ रुपैयाँ मौज्दात छ ।

कोषमा जम्मा भएको रकममध्ये नौवटा वाणिज्य बैंकका खाताहरूमा ११ अर्ब ६३ करोड ८० लाख ९८ हजार २९१ रुपैयाँ मौज्दात छ । यस्तै, दुई वटा वाणिज्य बैंकमा २५ करोड ४ लाख ७१ हजार ५४६ अमेरिकी डलर मौज्दात छ ।

बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि यस कोषबाट एक अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ । न्युजकारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको