उपचारका लागि जाँदै गरेका युवक पुलबाट हाम फालेका एक युवक बेपत्ता

रौतहट, असोज ९ गते ।

रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया नदीको पुलबाट हाम फालेका एक युवक बेपत्ता भएका छन् ।

बारा सिम्रौनगढ नगरपालिका–११ कटहरिया टोलका २७ वर्षीय सचिन्द्र यादव शुक्रबार दिउँसो करिब १ बजे मोटरसाइकलबाट झरेर पुलबाट लालबकैया नदीमा हाम फालेपछि बेपत्ता भएका हुन् । उनी मानसिक रूपमा अस्वस्थ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यादव आफ्ना दाइ ३५ वर्षीय सिकिन्द्र यादवले चलाएको बागमती प्रदेश–०२–०६२ प ८५४८ नम्बरको मोटरसाइकलमा पछाडि बसेर उपचारका लागि कचोर्वाबाट गरुडा जाँदै थिए । मौलापुर–४ स्थित लालबकैया पुलमा पुगेपछि उनी मोटरसाइकलबाट झरेर अचानक नदीमा हाम फालेका थिए ।

घटनाको जानकारी दिउँसो करिब २ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय मौलापुरका इन्स्पेक्टर भरत केसीको कमान्डमा १७ जनाको प्रहरी टोली खोजीमा परिचालन गरिएको छ ।

यस्तै, सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प देवाही गोनाहीबाट इन्स्पेक्टर दिलबहादुर नेपालीको कमान्डमा गोताखोरसहित ७ जनाको टोली पनि खोजीमा खटिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी २४ जनाको टोलीले नदीमा खोजी गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार अपराह्न पौने ४ बजेसम्म यादव फेला परेका छैनन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय मौलापुरबाट करिब तीन किलोमिटर पूर्वमा पर्छ । न्युज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको