साढे दुई तले घर ढल्यो

काठमाडौं, असोज १२ गते ।

ललितपुर महानगरपालिका धापाखेल–२४ मा साढे दुई तले घर ढलेको छ ।

सोमबार बिहान सोवितकुमार थापाको साढे दुई तले घर ढलेको ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

जोखिममा रहेका कारण घरधनीलाई हिजो नै घर खाली गर्न आग्रह गरिएकाले मानवीय क्षति भने नभएको उनले बताए ।

अविरल वर्षाका कारण जमिन गल्न पुग्दा भिरालो सतहमा बनेको घर ढलेको उनको भनाइ छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको