वीरगञ्जका चार वर्षदेखि जमेको पानी निकास खुलाइयो

काठमाडौं, असोज १३ गते ।

वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ मा चार वर्षदेखि अवरुद्ध रहेको पानी निकास खुलाइएको छ ।

महानगरपालिकाले डोजर प्रयोग गरी नाला निर्माण तथा सफाइ गरेर पानीको निकास खुलाएको हो ।

पानीको सहज निकास नहुँदा वर्षायाममा वडा नम्बर १७, २५ र २६ को सुगौली, अलौलगायत आसपासका बस्ती तथा ठूलो क्षेत्र डुबानमा पर्दै आएको थियो ।

लामो समयसम्म पानी जमिरहँदा स्थानीयलाई आवतजावतमा समस्या हुनुका साथै खेतीपातीसमेत प्रभावित हुँदै आएको थियो ।

यस्तै, बस्ती तथा आसपासका क्षेत्रमा लामो समय पानी जम्दा लामखुट्टेको प्रकोप बढ्ने, दुर्गन्ध फैलिने तथा स्वास्थ्यसम्बन्धी समस्या निम्तिने गरेको स्थानीयको गुनासो थियो ।

लामो समयदेखि अवरुद्ध पानी निकास खुलाउन थालिएपछि सुगौली, अलौलगायत आसपासका क्षेत्रका स्थानीयवासीले वर्षायाममा हुने जलजमावको समस्या कम हुने अपेक्षा गरेका छन् ।

महानगरपालिकाका अनुसार अवरुद्ध पानी निकासलाई पूर्ण रूपमा खुलाएर पानीको सहज निकास गराउने काम भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको