राष्ट्रपतिले गरे संसदको चालू अधिवेशन अन्त्य

काठमाडौं, असोज १५ गते ।

संघीय संसदको चालू अधिवेशन शुक्रबार रातिबाट अन्त्य हुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार शुक्रबार राति १२ बजेदेखि चालू अधिवेशन अन्त्यको सिफारिस गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्‌को मिति २०८३/६/१३ को सिफारिसमा संवत् २०८३ असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको छ,’ विज्ञप्तिमा छ ।

सरकारले बिहीबार मात्रै संसदमा संघीय निजामती ऐनसम्बन्धी विधेयक दर्ता गरेको छ । एकातिर विधेयक संसदमा दर्ता गर्ने अनि अर्कोतिर संसदको चालू अधिवेशन अन्त्य गर्ने निर्णयले अध्यादेशमार्फत सरकारलाई निजामती विधेयक ल्याउने बाटो पनि खुला भएको विश्लेषण हुन थालेको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको