धनुषा बटेश्वरको १८६ स्ववासी परिवारले पाए लालपुर्जा

जनकपुरधाम, असोज १६ गते ।

धनुषाको बटेश्वर गाउँपालिका–३ र ४ का १८६ स्ववासी परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।

नापजाँच सम्पन्न भएको करिब नौ वर्षपछि नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो ।

साबिक बटेश्वर गाविस वडा नं. १ देखि ९ सम्मका क्षेत्रमा लामो समयदेखि स्ववासी (गाउँ ब्लकको जग्गा) का रूपमा बसोबास गर्दै आएका परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व प्राप्त गरेका हुन् ।

बटेश्वर गाउँपालिका कार्यालयमा एक कार्यक्रमका बीच उनीहरूलाई लालपुर्जा वितरण गरिएको हो ।

उक्त क्षेत्रको नापजाँच कार्य २०७४ सालमै सम्पन्न भएपनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म लालपुर्जा वितरण हुन सकेको थिएन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको