आज चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, असोज १९ गते ।

आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै छ ।

संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रि सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

सोमबार दिउँसो १ बजे बस्ने अन्तर्राष्ट्रि सम्बन्ध र पर्यटन समितिकै बैठकमा नेपाल वायुसेवा निगमको सुधारका लागि भावी मार्गचित्र सम्बन्धी र समिति अन्तर्गत गठित उपसमिति तथा कार्यदलमा सदस्यहरू छनोट गर्ने सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

यसैगरी आज बिहान साढे १० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योग वाणिज्य क्षेत्रमा देखिएका नीतिगत एवं व्यवहारिक समस्याहरू सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची छ ।

यसैगरी आज पौने १२ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिमा प्राप्त विधेयक सम्बन्धी समिति सचिवले जानकारी गराउने कार्यसूची छ । साथै मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८३ माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । समितिले छलफलका लागि मन्त्री र सचिवलाई बोलाएको छ ।

यसैगरी आज बिहान १० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा काठमाडौंको डल्लु स्थित संशोधन मण्डलको स्थलगत अवलोकन तथा विविध विषयमा छलफल गर्ने कार्यसूची छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको