काठमाडौं, असोज १९ गते ।
चार दिनदेखि अमेरिकी डलरको भाउ स्थिर भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज १६ गतेदेखि आज असोज १९ गतेसम्म अमेरिकी डलरको विनिमय दर एउटै छ ।
राष्ट्र बैंकका अनुसार अघिल्ला दिनहरु जस्तै आज पनि अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ ।
आज युरो, पाउन्ड स्टर्लिङ, स्वीस फ्र्यांक र अष्ट्रेलियन डलरको भाउ बढ्दा क्यानेडियन डलरको भाउ भने घटेको छ ।
आज युरो एकको खरिददर १७३ रुपैयाँ ९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७७ पैसा छ । हिजो युरो एकको खरिददर १७३ रुपैयाँ १ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६९ पैसा थियो ।
युके पाउन्ड स्टर्लिङको भाउ पनि आज बढेको छ । आज पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ६८ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४८ पैसा छ । हिजो पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ १८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९८ पैसा थियो ।
स्वीस फ्र्यांकको भाउ पनि आज बढेको छ । राष्ट्र बैंकका अनुसार आज स्वीस फ्र्यांकको एकको खरिददर १८५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । हिजो स्वीस फ्र्यांक एकको खरिददर १८५ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४२ पैसा कायम गरिएको थियो ।
अष्ट्रेलियन डलरको भाउ पनि बढेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३९ पैसा छ । हिजो अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १०७ रुपैयाँ १४ पैसा थियो ।
क्यानेडियन डलरको भाउ भने आज घटेको छ । आज क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३५ पैसा छ । हिजो क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४६ पैसा थियो ।
आज सिङ्गापुर डलरको भाउमा सामान्य फेरबदल देखिएको छ । आज सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ २२ पैसा र बिक्रीदर १२० रुपैयाँ ६९ पैसा तोकिएको छ । हिजो सिंगापुर डलर एकको खरिददर १२० रुपैयाँ २३ पैसा र बिक्रीदर १२० रुपैयाँ ६९ पैसा तोकिएको थियो ।
अन्य विदेशी मुद्राको विनिमय दर यस्तो छ
जापानी येन १० को खरिददर नौ रुपैयाँ ७४ पैसा र बिक्रीदर नौ रुपैयाँ ७८ पैसा छ ।
चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ९४ पैसा र बिक्रीदर २३ रुपैयाँ ०३ पैसा छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ९७ पैसा र बिक्रीदर ४१ रुपैयाँ १३ पैसा तथा कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ २२ पैसा र बिक्रीदर ४२ रुपैयाँ ३८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा छ ।
युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०४ पैसा छ ।
मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८० पैसा तोकिएको छ ।
साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ४५ पैसा र बिक्रीदर ११ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।
स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५ रुपैयाँ ३७ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १६ पैसा र बिक्रीदर २३ रुपैयाँ २५ पैसा कायम छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६० पैसा र बिक्रीदर १९ रुपैयाँ ६८ पैसा तोकेको छ ।
कुवेती दिनार एकको खरिददर ४९९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ४१ पैसा तथा बहराइन दिनार एकको खरिददर ४०७ रुपैयाँ ९६ पैसा बिक्रीदर ४०९ रुपैयाँ ५५ पैसा तोकेको छ ।
ओमनी रियाल एकको खरिददर ३९९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ०७ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।






