काठमाडौँ, असोज २९ गते ।
इंग्लिस फुटबलको स्वतन्त्र नियामक निकायका अध्यक्षका अनुसार प्रिमियर लिगको आर्थिक नियमहरूको १०० भन्दा बढी पटक उल्लंघन गरेकोमा दोषी ठहरिएपछि म्यानचेस्टर सिटीले दायर गरेको पुनरावेदनको सुनुवाइ आगामी जनवरीसम्ममा हुने अपेक्षा गरिएको छ।
‘प्रिमियर लिगले यस विषयलाई चाल’ सिजनभित्रै टुंग्याउन चाहेको बताएको छ। वास्तवमा यसको सुनुवाइ प्रिमियर लिग आफैंले गर्ने होइन, बरु तीन जना अवकाशप्राप्त न्यायाधीश वा वकिलहरू सम्मिलित एउटा स्वतन्त्र आयोगले गर्नेछ,’ स्वतन्त्र फुटबल नियामकका अध्यक्ष डेभिड कोगनले बुधबार टाइम्स रेडियोलाई बताए।
‘मेरो बुझाइमा यसका लागि १२ साताको निर्धारित प्रक्रिया छ, त्यसैले मानिसहरूले यसको सुनुवाइ जनवरीको मध्य वा अन्त्यसम्ममा हुने अनुमान गरिरहेका छन्,’ उनले भने, ‘तर, मैले भनेझैं, यो हाम्रो प्रक्रिया होइन, यो प्रिमियर लिगको स्वतन्त्र आयोगको प्रक्रिया हो। मलाई लाग्छ, पूर्ण रूपमा स्पष्ट नभई हामी कुनै निर्णय लिन सक्दैनौं।’
कुनै पनि गलत काम नगरेको दाबी बारम्बार गर्दै आएको म्यानचेस्टर सिटी आइतबार लिभरपुललाई ३–० ले पराजित गरेपछि हाल प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा छ। टोलीले खेलेका ६ वटै खेल जितेको छ।
अहिलेसम्म कुनै कारबाहीको घोषणा गरिएको छैन, तर सिटीले ठूलो मात्रामा अंक कटौतीको सामना गर्नुपर्ने हुन सक्छ, जसले गर्दा टोली रेलिगेसनमा (तल्लो डिभिजनमा) पर्न सक्छ। सन् २००९ देखि २०१८ को बीचमा जितेका तीनवटा प्रिमियर लिग उपाधिहरू खोसिन सक्ने अनुमानसमेत गरिएको छ। आईएफआरका कोगनले मंगलबार भनेका थिए कि यदि सिटीमाथि हुने भविष्यका कुनै पनि आईएफआर अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएमा उनले राजीनामा दिनेछन्।
एक स्वतन्त्र आयोगले क्लबलाई सन् २००९ देखि २०१८ को बीचमा आर्थिक नियमहरू उल्लंघन गरेको आरोपमा दोषी ठहर गरेको थियो। क्लबमाथि कृत्रिम रूपमा आम्दानी बढाउन र देखाइएको खर्च ९०० मिलियन पाउन्ड (१.२ बिलियन डलर) भन्दा बढीले घटाउन ‘नक्कलीु सम्झौताहरू प्रयोग गरेको आरोप लागेको थियो। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमको यस प्रकरणसम्बन्धी सुरुवाती टिप्पणीको आलोचना भयोस उनले फैसलापछि म्यानचेस्टर सिटीका आबु धाबीका मालिकहरूले क्लब छाडेमा आफू ‘निकै चिन्तित’ हुने बताएका थिए।
सन् २०१७ देखि जुन २०२६ सम्म ग्रेटर म्यानचेस्टरका मेयर रहेका बर्नहमले त्यसयता सिटीको उच्च नेतृत्वसँग भएका आफ्ना सबै कुराकानी सार्वजनिक गरेका छन्।
‘एक वर्षअघि नियामक निकाय गठन गरेयता हामीलाई कसैबाट पनि कुनै किसिमको हस्तक्षेप भएको छैन,’ कोगनले भने, ‘फुटबलको नियमन गर्दा मालिक, निर्देशक वा अन्य कुनै पनि विषयमा गरिने निर्णयहरूमा हामी राजनीतिक हस्तक्षेपको अधीनमा रहन सक्दैनौं अनि, यति धेरै हस्तक्षेप हुने संस्था चलाउन म तयार हुनेछैन ।’
म्यानचेस्टर सिटीका म्यानेजर एन्जो मारेस्काले गत हप्ता आफूले क्लबमाथि ूपूर्ण विश्वासू गर्ने र क्लबले आफ्नो पुनरावेदन जित्ने विश्वास व्यक्त गरेका थिए। न्यूज कारखाना






