एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा विराटनगर र काठमान्डु भिड्ने

काठमाडौं, कार्तिक १९ गते ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई वटा खेलहरू हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लाइन्स र जनकपुर बोल्ट्स भिड्ने छन् ।

लुम्बिनी लिग तालिकाको शीर्ष स्थानमा छ । उसले ३ खेल मध्ये २ मा जित र एक खेल वर्षाका कारण रद्द हुँदा बराबरी अंक बाँडेको छ ।

जनकपुर बोल्ट्स भने लिग तालिकाको चौथो स्थानमा छ । उसले ४ खेल खेलेकोमा २ मा जित र २ मा हार बेहोरेको छ ।

दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमान्डु गोर्खाज आमने(सामने हुनेछन् ।

विराटनगर किंग्स अंक तालिकाको दोस्रो स्थानमा छ । उसले ४ खेलेकोमा २ मा जित र २ मा हार बेहोरेको छ ।

यता काठमान्डु भने अंक तालिकाको सातौं स्थानमा छ । उसले २ खेल खेलेकोमा १ मा जित र १ मा हार बेहोरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको