‘रामायण’ बक्स अफिस: अग्रिम बुकिङमा १०० करोड रुपैयाँ पार

मुम्बई, कार्तिक १९ गते ।

रणवीर कपुर, यश र साई पल्लवी अभिनित चलचित्र ‘रामायण’ ले प्रदर्शन हुनुअघि नै अग्रिम बुकिङ मा नयाँ कीर्तिमानहरू कायम गरिरहेको छ।

आजवाट प्रदर्शनमा आउन लागेको यस चलचित्रले आफ्नो नाममा अर्को एउटा रेकर्ड थपेको छ।

चलचित्रले पाँच दिनको विस्तारित ओपनिङ विकेन्ड (सुरुआती सप्ताहन्त) का लागि अग्रिम बुकिङमार्फत १०० करोड भारुको आँकडा पार गरेको छ। हालसम्म यसका २७ लाख ६९ हजार टिकट बिक्री भइसकेका छन्, जसको मूल्य १०४ करोड ५८ लाख भारु हुन आउँछ।

प्रदर्शनको पहिलो दिन (बिहीबार) का लागि १० लाख ७५ हजार टिकट बिक्री भएका छन्, जसबाट ४१ करोड २१ लाख भारु संकलन भएको छ। शुक्रबार र शनिबारका लागि क्रमशः ५ लाख १ हजार र ५ लाख २० हजार टिकट बिक्री भएका छन्, जसको मूल्य क्रमशः १८ करोड ९३ लाख र २० करोड २९ लाख भारु छ। यस्तै, आइतबार र सोमबारका लागि क्रमशः ४ लाख १ हजार र २ लाख ७१ हजार टिकट बिक्री हुँदा १३ करोड ७६ लाख र १० करोड ३९ लाख भारु कमाइ भएको छ।

अग्रिम बुकिङ संकलनमा ३डी ढाँचा सबैभन्दा अगाडि छ, जसबाट ५८ करोड ५२ लाख भारु संकलन भएको छ। यसपछि २ डी (२८ करोड ११ लाख भारु), आईम्याक्स (१३ करोड ११ लाख भारु), ४ डीएक्स (२ करोड ४७ लाख भारु) र डल्बी सिनेमा (१ करोड २० लाख भारु) रहेका छन्।

महाराष्ट्र, दिल्ली र कर्नाटक व्यापारमा सबैभन्दा ठूलो योगदान दिने राज्यहरू हुन्ः जसमध्ये कर्नाटक यशको गृह राज्य पनि हो।

कुल व्यापारमा सबैभन्दा ठूलो हिस्सा मूल हिन्दी संस्करणको छ, जसले ८५.३७ करोड रुपैयाँ कमाएको छ। यसपछि तेलुगु (८.५७ करोड रुपैयाँ) र कन्नड (७.८६ करोड रुपैयाँ) भाषामा डब गरिएका संस्करणहरू आउँछन्।

यो चलचित्रले १०० करोड रुपैयाँभन्दा बढीको ओपनिङ (सुरुआती कमाइ) गर्ने अपेक्षा गरिएको छ। अब यसको लामो ओपनिङ सप्ताहन्तमा कुल कति कमाइ हुन्छ, त्यो हेर्नु रोचक हुनेछ।

ुदंगलु र ुछिछोरेु जस्ता चलचित्रका लागि परिचित नितेश तिवारीद्वारा निर्देशित ुरामायणु दुई भागमा रिलिज हुनेछ। यस चलचित्रमा भगवान् रामको भूमिकामा रणवीर कपुर, माता सीताको भूमिकामा साई पल्लवी, रावणको भूमिकामा यश, लक्ष्मणको भूमिकामा रवि दुबे र भगवान् हनुमानको भूमिकामा सनी देओल रहेका छन्। न्यूज कारखाना


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको